अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनु भएको छ।

सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दाबी गर्नुभएको हो । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिनभित्रै यसले पूर्णता पाउने बताउनु भएको हो । उहाँले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पार्नुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पु¥याउन संसद्मा विधेयक गइसकेको बताउनुभयो । 

“शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पु¥याउन सरकार लागिरहेको छ”, मन्त्री शर्माले भन्नुभयो, “पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।”  मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेरमात्र निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउनेसमेत बताउनुभयो ।