काठमाडौं – नेकपा एमालेका सांसद् लालप्रसाद सावा लिम्बु (एलपी)ले वर्तमान सरकारले देश र जनताका लागि कुनै काम गर्न नसक्ने बताउनुभएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् लिम्बुले सत्ता स्वार्थमा मात्र केन्द्रित रहेको वर्तमानको सरकारबाट केही अपेक्षा गर्न नसकिने बताउनुभयो।
देशको अर्थतन्त्र अस्तव्यस्त रहेका बेला सरकार भागबण्डामा केन्द्रित भएको भन्दै उहाँले अर्थतन्त्र संकटमा रहेका बेला सरकारले अर्थमन्त्री समेत नियुक्त गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक संकटको बेलामा मुलुकमा सरकार छ तर अर्थमन्त्री छैन । सरकार अर्थतन्त्रप्रति कति गम्भीर छ ? मुलुकलाई आर्थिक संकटबाट बचाउने समृद्ध बनाउने होइन, गठबन्धन सरकार मन्त्रिपरिषद् र भागबण्ड गर्नमा मस्त र व्यस्त छ, यो सरकारबाट नेपाली जनताले के अपेक्षा गर्ने ?
प्रतिक्रिया