काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनःसहभागी हुन नपाउने भएको छ।
बुधबार साँझ बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
सरकारमा सहभागी हुनेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् ।
गठबन्धन भएको मन्त्रालयको भागबण्डा अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपा भने सरकारमा सहभागी हुन नपाउने भएको छ । पुस १० मा बनेको सत्ता समीकरण अनुसार उपप्रधानसहित ३ मन्त्री र एक राज्यमन्त्री लिएर रास्वपा सरकारमा सहभागी भएको थियो ।
सरकारबाट समर्थन फिर्ता नलिएर रास्वापाले पुनः सरकार सहभागी हुने आधार कायमै राखेको थियो । सोही रास्वपाले अनुसार चैत ६ गते प्रधानमन्त्रीलाई दोस्रो पटक विश्वासको पनि दिएको थियो । तर आज सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डामा रास्वपा छुटेको छ।






प्रतिक्रिया