अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग एक्लै लड्ने शक्ति जन्मिएको छैन: अध्यक्ष ओली

एमालेसँग एक्लै लड्ने शक्ति जन्मिएको छैन: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई पराजित गर्ने कुनै शक्ति नभएको बताउनुभएको छ।

पार्टीको मिसन ग्रासरुटसम्बन्धी कार्यक्रमलाई बुधबार रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको प्यारो पार्टी भएकाले एमालेलाई कसैले पराजित गर्न नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीलाई पराजित गर्ने शक्ति कोही छैन, किनभने हामी जनता हौं, जनपक्षीय शक्ति हौं, जनता सार्वभौम छ, जनताभन्दा ठूलो कोही छैन।’

देश र जनताका पक्षमा राम्रो काम गरेवापत एमाले विरुद्ध विरोधीहरुले अनेक भ्रम फैलाइरहेका भन्दै अध्यक्ष ओलीले त्यो भ्रम चिर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। मिसन ग्रासरुट जनतासम्म पुग्ने अभियान भएको भन्दै उहाँले एमालेका नीति जनतामाझ पुर्‍याउनुपर्ने बताउनुभयो।