अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मन्त्रिपरिषद् विस्तार हुँदै  

आज मन्त्रिपरिषद् विस्तार हुँदै  


काठमाडौँ-आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । 

यसअघि हिजो सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेको बताइएको थियो । बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताएका थिए ।  

गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले २–२ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।