काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त हुनुभएको छ ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा.सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको बताउनु भयो। कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गर्नुभएको थियो ।






प्रतिक्रिया