काठमाडौं – राष्ट्रिय सभा सदस्य एवम् पूर्व मन्त्री डा. विमला राई पौड्यालले दलहरुले नै मिटरब्याजीलाई संरक्षण गरिरहेकाे बताउनुभएकाे छ ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको बताउनुभयाे ।
उहाँले मिटरब्याजीलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयाे । ‘हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँहरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्यो’ उहाँले भन्नुभयाे ।
उहाँले मिटरब्याजी पीडितलाई खुलामञ्चमा बस्न नदिएकामा पनि असन्तुष्टि जनाउनु भयो । उहाँले भन्नुभयो, ‘खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ । मधेशबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने ?’
प्रतिक्रिया