अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिचर्वाचनमा गठबन्धनसँग एमालेले एक्लै प्रतिष्पर्धा गर्ने

उपनिचर्वाचनमा गठबन्धनसँग एमालेले एक्लै प्रतिष्पर्धा गर्ने


काठमाडौं –  वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने भएकाे छ। 

उपनिर्वाचन हुने बारा-२,चितवन-२ र तनहुँ-१ तीनवटै क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने भएकाे हाे। एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवार तय गरेको छ। 

बारा-२ मा जसपाका उपेन्द्र यादव र चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ। त्यस्तै तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई गठबन्धनबाट साझा उम्मेदवार बनाएकाे छ। 

उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ ।  एमालेले शनिवार मात्रै उम्मेदवारको टुंगो लगाउने भएको छ।