अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृत र वडाअध्यक्ष अख्तियारको नियन्त्रणमा

शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृत र वडाअध्यक्ष अख्तियारको नियन्त्रणमा


बुटवल –  शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिचौलिया विनोद भरसमेत छन् । गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।