अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थविद् स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

अर्थविद् स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग


काठमाडौं – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ। नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा हुनुहुन्छ। उहाँ तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुग्नुभएको हो ।

रास्वपाले सम्भवत: आजभोलि नै वाग्लेलाई तनहुँ १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय लिनेछ।