अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनका लागि आयोगले तीनै क्षेत्रमा तोक्यो मुख्य निर्वाचन अधिकृत

उपनिर्वाचनका लागि आयोगले तीनै क्षेत्रमा तोक्यो मुख्य निर्वाचन अधिकृत


काठमाडौं – वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको छ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज मुख्य निर्वाचन अधिकृतको नियुक्ति गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले चैत १८ गते शनिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृतहरूको नियुक्त गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता पौड्यालका अनुसार नियुक्त हुनुभएको मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नम्बर-२ का लागि जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर २ का लागि मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर-१ का लागि कमलप्रसाद आचार्य हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुनेछ ।