काठमाडौं – नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा रामजी सापकोटा चयन हुनु भएको छ।
आज भएको चौथो अधिवेशनले युवा संघका पूर्व उपमहासचिव सापकोटालाई अध्यक्ष र अनेरास्ववियुका पूर्व उपमहासचिव सुदर्शन शिवाकोटीलाई उपाध्यक्ष चयन गरेको हो ।
त्यस्तै कमिटीको सचिवमा प्रकाश भुजेल, सहसचिव श्यामकाजी खत्री र विमला धमला चयन भएका छन् । यसअघि युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष सुनिता बराल हुनुहुन्थ्यो ।
यसैगरी सदस्यहरु किरण देउजा, रमेश भटटराई, विष्णहरी त्रिपाठी, ऋीष गौतम, विजय घिमिरे , पवित्रा ढकाल, सुनिल तिवारी, कैलाश तामाङ, मुना तिवारी, स्वीकृति सुवेदी, मौसम स्याङ्बो, कुशल खतिवडा, धर्मराज तिमल्सिना, सपना सापकोटा, जगत लामा, कल्पना डुम्रे र सन्तोष सिलवाल चयन भएका छन् ।
एमाले पोलिटव्युरो सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट २३ सदस्यी जिल्ला कमिटी गठन भएको सापकोटाले बताउनु भयो ।
प्रतिक्रिया