अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले समाजवाद ल्याउँछ भन्नु बालुवा पेलेर तेल निकाल्न खोज्नु जस्तै हो: योगेश भट्टराई

माओवादीले समाजवाद ल्याउँछ भन्नु बालुवा पेलेर तेल निकाल्न खोज्नु जस्तै हो: योगेश भट्टराई


हुम्ला – नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रको नेतृत्वमा देशमा समाजवाद आउँछ भन्नु वालुवा पेलेर तेल निकाल्छु भने जस्तो मुर्खता भएको बताउनु भएको छ।

पार्टी मिसन ग्रासरुट अभियानमा हुम्लाको चंखेली गाउँपालिकाको मध्यावधी समीक्षा बैठकलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताउनु भएको हो।

सचिव भट्टाईले भन्नभयो, ‘समाजवाद हुँदै साम्यवादका नारा लगाएर १० वर्षे युद्ध गरेका माओवादी नेता प्रचण्ड देशको प्रधानमन्त्री हुँदा देशले इतिहासकै सबै भन्दा बढी आर्थिक संकटको सामना गरिरहेको छ। माओवादीले पुँजीवादको नेतृत्व गर्ने कांग्रेससँग गठजोड गरेर साम्यवाद ल्याउँछु भन्नु वालुवा पेलेर तेल निकाल्नु सरह हो। यो सम्भव छैन।’

सचिव भट्टराईले जनयुद्ध लड्दा घाइते भएका अंगभंग भएका जनमुक्ति सेना र तल्लो स्तरका नेता–कार्यकर्ताले वैशाखी टेक्नु पर्ने तर उनीहरुकै बलमा नेतृत्वमा पुगेका नेताहरु रातारात मालामाल हुने कुराले माओवादीको साम्यवादलाई रुखले खाएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘हरेक स्थानीय तहको केन्द्रमा सडक बिस्तारसँगै कालोपत्रे, हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने काम समाजवाद निर्माणको आधार तय गर्ने कुरा थियो। तर, कांग्रेससँगको गठजोडमा माओवादी नेतृत्वको सरकारले निरन्तरता नदिएर ‘समृद्ध नेपाल सुखि नेपाली’को लक्ष्य पुरा गर्ने अभियान विरोध गरेको छ।’

सचिव भट्टराइले एमाले नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा बजेटको व्यवस्थासहित शिलान्यास भएका ५ देखि २५ शय्याका अस्पताल निर्माण गर्न ३९६ अस्पतालका बजेट कटौती गरेर नागरिकको मौलिक हक खोस्ने चलखेल भएको आरोप लगाउनु भयो ।

सचिव भट्टराईले देशमा समाजवादको नेतृत्व एमालेले गर्ने र पुँजीवादको नेतृत्व कांग्रेसले गर्ने बाहेक अन्य सबै राजनीतिक पसलहरु बन्द हुने चेतावनी दिनुभयो ।