काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् ।
रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल ट्वटीरमा लेख्नुहुँदै पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गर्नुभयो । वाग्लेले आजै पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो ।






प्रतिक्रिया