काठमाडौं -नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर–१ मा उम्मेदवार बन्न ६ जनाले आवेदन दिएका छन् । क्षेत्रीय समन्वय कमिटीले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि ६ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
पूर्व प्रहरी महानिरीक्षक ,आइजीपी सर्वेन्द्र खनालसहित रामबहादुर गुरूङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र शोभा गुरुङले उम्मेदवार हुन आवेदन दिएका छन् ।
शुक्रबार जिल्ला कमिटीले प्रदेश कमिटीलाई नाम रायसहित सिफारिस गर्नेछ । त्यसपछि शनिबार बस्ने एमाले सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने छ ।
प्रतिक्रिया