अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मन्त्रिपरिषद् विस्तार हुँदै, नयाँ मन्त्रीको शपथ पनि आजै

आज मन्त्रिपरिषद् विस्तार हुँदै, नयाँ मन्त्रीको शपथ पनि आजै


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारलाई पूर्णता दिने हुनुभएको छ । आज बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको बताइएको छ । 

मन्त्रिपरिषद् विस्तारबारे नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलको बैठकमा  हिजो छलफल भएको थियो । 

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रबार मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाएर शुक्रबार नै शपथको कार्यक्रम गर्नेबारे छलफल भएको जनाइएको छ । 

सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरुसँग छुट्टाछुट्टैसमेत छलफल गर्नुभएको थियो । 

सत्ता साझेदार दलहरुको बीचमा कांग्रेसले आठ, माओवादी पाँच, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले दुई/दुई र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई एक/एक मन्त्रालय दिने सहमति भएको थियो ।