काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले स्वकीय सचिवका लागि आवेदन आह्वान गर्नुभएको छ । सांसद डाँगीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवमा आवेदन आह्वान गर्नुभएको हो ।
उहाँले कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जनाउनु भएको छ । स्वकीय सचिवमा महिलालाई विशेष ग्राहयता दिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभा सांसदले आफन्त र नातागोतालाई आफूखुसी स्वकीय सचिवमा नियुक्त गर्ने गरेको आरोप लागिरहेका बेला सांसद डाँगीले विज्ञापनमार्फत स्वकीय सचिवको खोजी गर्नुभएको छ ।







प्रतिक्रिया