भक्तपुर -नेकपा एमाले निकट कृषी विकास बैंकमा कार्यरत कर्मचारीको संगठन कृषी विकास बैंक कर्मचारी संघको ११ औं महाधिवेशन आजबाट सुरु हुदैछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको दिउसो ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज र भोली हुने कार्यक्रमले नयाँ नेतृत्व चयन गर्नेछ ।

कार्यक्रममा चालु कार्यकालको समिक्षा सहित बन्द सत्र हुने र भोली नेतृत्व चयन गर्ने तयारी छ । नेतृतवका लागि आकांक्षीको संख्या धेरै भए पछि सर्वसम्मत ढंगबाट नेतृत्व छनौट गर्ने गरी तयारी गरिएको संघले जनाएको छ ।
प्रतिक्रिया