अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

९० वर्षीय ज्येष्ठ नागरिकद्वारा एमालेको सदस्य बन्न आवेदन 

९० वर्षीय ज्येष्ठ नागरिकद्वारा एमालेको सदस्य बन्न आवेदन 


कालीकोट-कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं ४ का ९० वर्षीय एक वृद्धले नेकपा ९एमाले० को पार्टी सदस्यका लागि आवेदन दिनुभएको छ । 

एमालेले सुरु गरेको मिसन ग्रासरुट अन्तर्गत भइरहेका कार्यक्रमका क्रममा वडा नं ४ का ९० वर्षीय वयोबृद्ध जयसिहं सेजुवालले  आफूलाई एमालेको पार्टी सदस्य बनाउन माग गर्दै आवेदन दिनु भएको हो । 

विक्रम सम्वत १९८९ साल जेठ १० गते जन्मिनु भएका सेजुवालले उमेर घर्किँदै गएपनि पार्टी सदस्यताको इच्छा युवा उमेरमा जस्तै भएको सुनाउनुभयो । 

मिसन ग्रासरुटका लागि पार्टीका केन्द्रीय प्रतिनिधि तथा पार्टीका केन्द्रीय सदस्य दल रावल पचालझरना वडा नं. ४ मा पुग्नुभएको बेला सेजुवालले पार्टी सदस्यका लागि आवेदन फारम बुझाउनु भएको हो । 

केन्द्रीय सदस्य रावलले सेजुवाल जस्तै धेरै बृद्धहरूले आफूहरू लामो समयदेखि एमालेको समर्थक रहेको र रहिरहने तर पार्टी सदस्य भएर सक्रिय हुने शारीरिक अवस्था नभएको बताउनुभएको जानकारी गराउनुभयो ।  

नेता रावलले खास एमाले गाउँमा रहेको र सही समयमा पार्टीले मिसन ग्रासरुट थालेर एमालेप्रति सधैँ आस्था राख्ने र वर्षौँदेखि सूर्य चिन्हमा मताधिकार प्रयोग गर्दै आएका जनतासँग भेटघाट र उनीहरूका समस्या बुझ्ने अवसर पाएको सुनाउनुभयो । 

एमाले कर्णाली प्रदेश कमिटीका सदस्य प्रकाश रोकायासँगको कुराकानीमा सेजुवालले आफू अझै दश वर्षसम्म बाँच्ने र अब दुई पटक पार्टीलाई मतदान गर्ने भएकाले यो अवधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पार्टी सदस्यता लिने इच्छा भएको बताउनुभएको थियो । पचालझरनाका धेरै ज्येष्ठ नागरिकले यसपाली पार्टी सदस्यताका लागि आवेदन फाराम भर्नुभएको बताइएको छ ।