काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने काम गरेको बताउनुभएको छ ।
आज बिहान कैलालीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको उल्लेख गर्नुभयो ।
पौडेलले भने, ‘भीम रावल जीले पार्टीको अनुशासन, पार्टीको जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्य। उहाँ पार्टीको निर्णयको खिलाफ सार्वजनिक रूपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ ।’
उपाध्यक्ष पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गर्नुभयो ।






प्रतिक्रिया