अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन: तनहुँ र बारामा २६ दल दर्ता

उपनिर्वाचन: तनहुँ र बारामा २६ दल दर्ता


काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १० मा  हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ।

उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र-१ र बारा निर्वाचन क्षेत्र-२ का लागि आयोगको निर्णयअनुसार  २६  राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र-२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ।

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।