काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिने हुनु भएको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नुभएका खानले शुक्रबार राजीनामा दिन लाग्नु भएको हो ।
मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालयकाे दाबी गरेकाे थियाे तर अन्तमा खानेपानी मन्त्रालय नै पाएपछि मन्त्री खानले राजीनामा दिने तयारीमा हुनुहुन्छ ।
जनमतका एक नेताका अनुसार पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिन लाग्नु भएको हो।
पछिल्लो समय मन्त्रालय बाँडफाँट हुँदा उद्योग मन्त्रालय पाउनेमा जनमत पार्टी ढुक्क थियो । तर जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै कायम रहने कुरा बाहिर आएपछि मन्त्री खानले राजिनामा दिन लाग्नु भएको हो ।






प्रतिक्रिया