अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन बैठक पार्टी मूख्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो।

तनहुँ–१ मा पूर्व आईजीपी सर्वेन्द्र खनाल तथा चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम लगभग पक्कापक्की भएको एमाले स्रोतले जनाएको छ ।

यता,बारा – १ मा कसलाई उठाउने भनेर बैठकमा टुंगो लगाउने जनाइएको छ । बैशाख १० गते यी रिक्त स्थानहरुमा उपनिर्वाचन हुँदैछ ।