अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजनीतिक सिन्डिकेटतन्त्र विरुद्धमा सबै एक हुनुको विकल्प छैन: रमेश खरेल

राजनीतिक सिन्डिकेटतन्त्र विरुद्धमा सबै एक हुनुको विकल्प छैन: रमेश खरेल


काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नम्बर-२ का उम्मेदवार रमेश खरेलले देशमा सिण्डिकेट र राजनीतिक भागवन्डा अन्त्य गर्न सबै एक हुनुको विकल्प नरहेको बताउनुभएकाे छ।   

शनिबार बसुन्धारामा रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले देशमा सिण्डिकेट र राजनीतिक भागवन्डा बढ्दै गएकाले यसको अन्त्यका लागि सबै एक हुनुको विकल्प नरहेको बताउनुभएकाे हाे ।  

उहाँले भन्नुभयाे, ‘अहिले नेपाल आमा रोइरहेकी छिन्। यस्तो बेला एक ठाउँमा उभिएन भने केही गर्न सकिँदैन। देशमा अहिले सुशासनको खाँचो छ। देशको विषम परिस्थितिमा देशमा सुशासन कायम गर्न,  देशका दाजुभाइलाई हौसला प्रदान गर्न र नेपाल आमालाई हँसाउन सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ।’  

उहाँले माफियातन्त्रको अन्त्य गरी कानुनी राज्य स्थापना अहिलेको आवश्यकता रहेको बताउनुभएकाे छ । राष्ट्रमा भएको सिण्डिकेट तोड्न जरुरी रहेको उहाँको भनाइ छ।  

खरेलले भन्नुभयाे, ‘नेपाल आमालाई जोगाउन आवश्यक छ। सिण्डिकेट, माफीयातन्त्रको अन्त्यमा लडौं। यो देशलाई विदेशीको क्रिडास्थल नबनाऔं।’