अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रास्वपाले घोषणा गर्‍यो उपनिर्वाचन लड्ने तीन उम्मेदवार

रास्वपाले घोषणा गर्‍यो उपनिर्वाचन लड्ने तीन उम्मेदवार


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने तीन वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ।

पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो।

गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित हुनुभएकाे थियाे। तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उहाँको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाड्नुभएका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो।

बारा २ मा उठ्न लाग्नुभएका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठ्नुभएकाे थियाे। काठमाडौं १ मा पाँचाै भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लाग्नुभएकाे हाे । 

रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।