काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई उपनिर्वाचनमा हार्ने छुट नभएकाे बताउनुभएकाे छ।
शनिबार पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले दुबै नेतालाई हार्ने छुट नभएकाे बताउनुभएकाे हाे । उहाँले रास्वपा देशकाे सबैभन्दा ठूलाे पार्टी हुने दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘रास्वपा देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ। यो संकेतको जनाउ घण्टी मात्रै हो।’
‘यो उपचुनावमा तपाईंहरूलाई मुलुकका लागि हार्ने छुट छैन। स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना देशले गर्न सक्दैन। राजनीतिक स्वार्थका रोटी सेक्न आउनु भएको होइन,’ उहाँले भन्नुभयाे।
आफूले दुई तिहाइको बहुमतको दिन कल्पना गरिरेहको पनि उहाँले बताउनुभयाे।
प्रतिक्रिया