काठमाडौं – सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ।
मिटरब्याज विरूद्दको संघर्ष समिति नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजीबीच ५ बुँदे सहमति भएको हो।
मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको मिति २०७९/०५/२७ को प्रतिवेदनमा उल्लिखित सिफारिसहरु शीघ्र एवं प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने पहिलो सहमति भएको छ।
सहमति भएपश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ वमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ।

प्रतिक्रिया