अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य : महासचिव पोखरेल

राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य : महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताउनुभएको छ ।  उहाँले विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताउनुभएको हो । 

सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेख्नुभएको छ,  ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ । देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौँ ।’

उहाँले वैशाख १० गते हुने उपनिर्वाचनमा बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरागर्न तनहुं-१,चितवन-२ र बारा-२ मा एमाले उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुट्न आग्रह गर्नुभएको छ ।