काठमाडौं – नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याजी पीडितहरुलाई फेरि धोका दिएको आरोप लगाउनु भएको छ।
आइतवार बसेको प्रतिनिधिसभा को बैठकको शून्य समयमा बोल्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो।
‘सरकारले मिटरब्याजीपीडितहरुलाई फेरि धोका दियो’, उहाँले भन्नुभयो, ‘पीडितहरुमाथि सरकारबट अर्को धोक भएको छ। एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरुलाई अझै धोका दिने काम भएको छ।’
उहाँले आयोगमाथि आयोग बनाउँदा पीडितहरुले न्याय पाउने भन्दा पीडकहरुलाई उन्मुक्तिको वातावरण मिल्ने पनि बताउनु भयो ।
सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरुबारे सरकार जवाफदेही हुन नसकेको भन्दै आपत्ति जनाउनु भयो।
प्रतिक्रिया