काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगायतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गर्नुभएको छ।
आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्तो प्रश्न बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? किन नेपालमा नै बनेको हो ? कुर्सीमा लागि जुन झगडा हुने गरेको छ। सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?’
सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सिंहदरवार, वालुवाटार, शितलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं । यहाँ प्रयोग हुने केर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ त्यसबारे पनि सदनलाई जानकारी गराउन उनको माग छ। आर्थिक वर्ष २०७८/०७९ मा ८८ हजार केजी टुथ पिक र करीब २६ लाख बराबरको ट्वाइलेट पेपर भित्रिएको तथ्यांक प्रस्तुत गर्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।
प्रतिक्रिया