अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार

राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ। पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाकारी दिनुभयो। 

नेता श्रेष्ठका अनुसार राप्रपाले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो । चितवन-२, बारा-२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।