अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कमल-६ मा २१ जना सेल्टर दातालाई सम्मान

झापाको कमल-६ मा २१ जना सेल्टर दातालाई सम्मान


कमल – नेकपा एमालेले सञ्चालन गरेको मिशन ग्रासरुट अभियान अन्तर्गत झापाको कमल-६ मा सेल्टर दाताहरुलाई सम्मान गरिएको छ। पञ्चायतकालिन अवस्थामा पार्टी गतिविधि सञ्चालनका लागि महत्वपूर्ण योगदान पुर्याउने २१ जना सेल्टरदाताहरुलाई सम्मान गरिएको पार्टी वडा सचिव युवराज पाठकले जानकारी दिनुभयो।

पार्टी निर्माण र संगठनका लागि महत्वपूर्ण योगदान पु¥याउनेहरुको सम्मानकालागि कार्यक्रम गरिएको वडा पार्टी उपाध्यक्ष दिपक खड्काले बताउनु भयो । कार्यक्रम पार्टीका वडा कमिटी अध्यक्ष तुलसी बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । अभियानका लागि कमल गाउँपालिकामा खटिनु भएकी पार्टी केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य इन्दिरा गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु बेनुप्रसाद शिवाकोटी, मदन अधिकारी, डम्बर अधिकारी, जिल्ला सचिवालय सदस्य भिम राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका वक्ताहरुले अगुवाहरुको त्याग र बलिदानीकै कारण नेकपा एमाले जनताको सवै भन्दा प्रिय राजनीतिक पार्टी भएकाले सुखी नेपाली, समृद्ध नेपालको अभिभारा यसले मात्रै पूरा गर्न सक्ने बताएका थिए ।

अभियान अन्तर्गत गाउँपालिकाका सवै वडाहरुमा नियमित विभिन्न गतिविधिहरु भई रहेको र जनस्तर सम्म एमालेको नीति कार्यक्रम तथा संगठन सुदृढीकरणका कार्यक्रमहरु भएको गाउँ कमिटी प्रचार विभाग प्रमुख गोपाल गुरागाँईले जानकारी दिनुभयो ।।