काठमाडौं – वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले तनहुँ १ र चितवन २ मा दुई महामन्त्रीद्वयलाई खटाएको छ।
तनहुँ १ मा स्वर्णिम वाग्लेलाई रोक्न गगन थापा चितवन २ मा रवि लामिछानेलाई रोक्न विश्वप्रकाशलाई फिल्डमा उतारेको हो। नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेर तनहुँ १ बाट टिकट पाउनुभएका वाग्लेलाई रोक्न गगन थापा सक्रिय रुपले लाग्नुभएको छ ।
त्यस्तै नागरिकता प्रकरणबाट सांसद पद खारेज हुन पुगेका लामिछानेलाई हराउन विश्वप्रकाश शर्मा लाग्नुभएको छ। उहाँहरुलाई समन्वय समितिमा रहेर काम गर्न पार्टीले निर्देशन दिईसकेको छ । सोमबार हुने मनोनयनपछि उहाँहरु निर्वाचन केन्द्रमा केन्द्रित हुनुहुनेछ ।
कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ। उपनिर्वाचन हुने अर्को क्षेत्र बारा-२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै एमालेले तनहुँ १ मा पूर्व डिआईजि सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।






प्रतिक्रिया