अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग लड्न एउटा-एउटा आउनुभन्दा एकमुष्ट आएको राम्रो: अध्यक्ष ओली

एमालेसँग लड्न एउटा-एउटा आउनुभन्दा एकमुष्ट आएको राम्रो: अध्यक्ष ओली


काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्लै पार्ने काेशिस भइरहेकाे बताउनुभएकाे छ।

आज काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई एउटा-एउटा आउनुभन्दा एकमुष्ट आएकाे राम्राे भएकाे बताउनुभयाे ।

एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेकाले देशव्यापी रुपमा ग्रासरुट अभियान चलाएको उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले आफूहरू अब गठजोडको पक्षमा नलाग्ने प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे , ‘सबै मिल्ने एमालेलाई एक्लै पार्ने काेशिस भएकाे छ, मैले भनेकाे छु एमालेलाई एक्लै पारेकाे ठिक छ, एउटा-एउटा गरेर आउनुभन्दा एकमुष्टै आएकाे ठिक, एमाले एकातिर राष्ट्रिय शक्ति देशभक्त शक्ति एकातिर विकासप्रेमी एकातिर, अरु सबै अर्काेतिर, भेडा जुधे झैं जुध्दाखेरी पछाडिबाट कुदेर पछाडिबाट ड्याम दिँदाखेरी तीन हाेइन सात भर्ल्याङ उछिट्याइदिनुपर्छ आगामी चुनावमा, यस्ता गठजाेडकाे कुनै अर्थ छैन ।’ 

अध्यक्ष ओलीले लाेकप्रिय मतमा र हरेक प्रदेशमा एमाले पहिलाे शक्ति भएपनि अहिलेकाे निर्वाचन प्रणालीका कारण बहमुतबिना केही हुन नसक्ने र देश अगाडि बढ्न नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हरेक जसाे प्रदेशमा प्रमुख पार्टी छाैं, याे प्रणाली टाउकाे गन्ने प्रणाली हाे, त्यसकारण हामीले हाम्रा राम्रा कुरा टाउका गन्दाखेरी टाउकाले पनि पारित गर्न सक्नुपर्ने गरी टाउका पनि पुर्‍याउनुपर्‍याे, हाम्रा नीति, विचार सही छन्, सही छन् भनेर के गर्नु ? त्यहाँ टाउकाले फैसला गर्छ, हाम्रा टाउका कम छन्, सही कुरा, नीति, देशभक्ति भएर के गर्ने हाेइन भन्छ हुन्न भन्छ हात हेर्‍याै उता धेरै उठ्छ, सही कुरा भएर के गर्ने विवेकले छुट्टिने हाेइन ।’

एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई तहस नहस पार्ने काेशिस भइरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘आज राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको उद्देश्य, देशका निम्ति काम गर्ने एमालेको उद्देश्य, त्यस्तो पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्नभिन्नको स्थितिमा अहिलेको हेर्नुस्त मन्त्री ओ हो ! के का मन्त्री हुन्, कस्ता मन्त्री हुन ? कस्तो गठबन्धन हो? यस्ता कुराबाट हामी देश बनाउन सक्दैनौं, एउटा नीतिमा देश चल्नुपर्छ, एउटा विचारमा देश चल्नुपर्छ, एउटा संगठनले नेतृत्व गर्नुपर्छ ।’