अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्छ: अध्यक्ष ओली

एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने बताउनुभएकाे छ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको काठमाडौंमा आज आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको समुद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।  

अध्यक्ष ओलीले अचम्म अचम्मका मान्छे मन्त्री भएको टिप्पणी गर्नुभयाे। उहाँले भन्नुभयो, ‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ? भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’

मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने उहाँले बताउनुभयाे।