अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्यास लोड गरेको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु

ग्यास लोड गरेको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु


चितवन-एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ट्यांकर पल्टिएको हो । चितवनको मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । 

ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ। 

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । यस्तै दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।