काठमाडौँ-नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ५३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५४ पैसा र बिक्री दर १६३ रुपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।







प्रतिक्रिया