चेन्नई-इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले पहिलो जीत हात पारेको छ । सोमबार राति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो ।
चेन्नईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनाउन सक्यो । काइल मायर्सले ५३ तथा निकोलास पुरनले ३२ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । प्लेयर अफ द म्याच घोषित मोइन अलीले ४ विकेट लिँदै लखनउलाई रोक्न ठुलो भूमिका खेले । तुसार देशपाण्डेले २ तथा मिचेल स्यान्टनरले १ विकेट लिए ।
यसअघि रुतुराज गाइकवाडको ५७ रनको मद्दतले चेन्नईले ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । उनलाई डेभोन कनवेयले ४७ रन बनाउँदै राम्रो साथ दिए ।-एजेन्सी
प्रतिक्रिया