अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन : २३ गतेदेखि आचारसंहिता लागू हुने

उपनिर्वाचन : २३ गतेदेखि आचारसंहिता लागू हुने


काठमाडौँ-वैशाख १० गते हुने उपनिर्वाचनका लागि यही चैत २३ गतेदेखि आचारसंहिता लागु हुने भएको छ।

बिहीबारदेखि आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । 

यस्तै यही चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्हसमेत दिइनेछ। वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।