अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन : उम्मेदवारमाथि आज उजुरी दिन सकिने

उपनिर्वाचन : उम्मेदवारमाथि आज उजुरी दिन सकिने


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । 

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन समय तोकिएको हो । 

चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरिएको थियो । उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान गराउने निर्वाचन आयोगको तयारी छ ।