काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य स्थापना गर्न बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले बलियो राष्ट्रिय शक्तिको निर्माण गर्न उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको हो ।
‘जीवन चक्रमा आधारित सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य स्थापना गर्न बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक छ,’ उहाँले लेख्नुभएको छ, ‘अरूले होइन, नेकपा (एमाले) मात्र त्यो आवश्यकता पुरा गर्न सक्दछ । त्यसैले आसन्न उपनिर्वाचनमा नेकपा९एमाले०का सूर्यध्वजावाहक उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाऔं ।’
उहाँले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय रूपमा नेपालको गौरवपूर्ण पहिचान कायम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न आर्थिक र सामाजिक विकासलाई तीव्रता दिन एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया