अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार पूर्णरुपमा असफल भयो : उपमहासचिव गुरुङ

सरकार पूर्णरुपमा असफल भयो : उपमहासचिव गुरुङ


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकार पूर्णरुपमा असफल भएको बताउनुभएको छ ।  

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार हनिमुन बित्दा पनि  मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्दा सरकार असफल भएको बताउनुभएको हो ।  

उहाँले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताउनुभयो ।

उहाँले अब एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको दाबी गर्नुभयो ।