अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सिन्हाको इजलासमा

रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सिन्हाको इजलासमा


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट आज न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिट पेसी सूचीको नौ नम्बरमा छ । 

अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुन विपरीत रहेको भन्दै पौडेलले रिट हाल्नुभएको हो ।