काठमाडौं -पोखरामा एकजना व्यक्तिले घरभित्रै पेट्रोल छर्किएर आत्मदाह गरेर ज्यान गुमाएका छन् ।
स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ घर भइ पोखरा महानगरपालिका(१७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार अर्यालले तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा आत्मदाह गरेका हुन्।
पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएको प्रहरीले उल्लेख गरेको छ। प्रहरीका अनुसार उनले घरको दोस्रो र तेस्रो तलाको गेट लगाएर आफूमाथि पेट्रोल खन्याएको खुलेको छ।
अचानक अर्यालको घरभित्र आगो देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए। भित्रबाट चुकुल लगाएको अवस्थामा उनलाई हामीले मृत फेला परेका छौँ जिप्रका कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले भन्नुभयो उनी मृत भेटिएको कोठामा पेट्रोल हालेको जर्किन पनि भेटिएकाले आत्मदाह गरेको प्रारम्भिक अनुमान छ।ु
घरको तल्लो तला र दोस्रो तलाको च्यानल गेटमा ताला लगाएर उनले आफू सुत्ने कोठामा गई आत्मदाह गरेका हुन्।अर्यालका श्रीमती र सात वर्षकी छोरी छन्।
छिमेकीले खबर गरेपछि तत्काल पुगेको प्रहरीलाई ढोकाको चुकुल खोल्न समय लागेको थियो। प्रहरी अर्यालको घरमा छिर्दा परिवारका अन्य सदस्य कोही पनि थिएनन्।
उनी ६ महिनाअघि मात्रै वैदेशिक रोजगारी गरेर कतारदेखि फर्किएको खुलेको छ। उनी फेरि त्यहीँ जाने तयारीमा थिए।





प्रतिक्रिया