काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकाले करारमा शिक्षक नियुक्तिका लागि माग गरेको छ । पिपरा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा मा.वि.रनि.मा.वि.तहका शिक्षकका लागि आवेदन आह्वान गरिएको हो ।
योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । १५ दिनसम्म विज्ञापन गरिएका शिक्षकका लागि आवेदन नपरेमा गाउँपालिका शिक्षक परिचालन कार्यविधि २०७५ बमोजिम खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने पनि सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रतिक्रिया