अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चार मन्त्रालयद्वारा पुरस्कारका लागि आवेदन आह्वान 

सञ्चार मन्त्रालयद्वारा पुरस्कारका लागि आवेदन आह्वान 


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि आवेदन मागेको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका दिन नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरूमध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार दिइने मन्त्रालयले जनाएको छ । 

इच्छुक सार्वजनिक संस्था/कार्यालय/कम्पनी तथा व्यक्तिहरूलाई वैशाख ७ गतेभित्र आवेदन पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।