काठमाडौँ-नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बिहीबार तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







प्रतिक्रिया