काठमाडौं – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गर्नु भएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भन्नुभयाे, ‘शून्य समयमा उठाइएको विषय सांसदहरूलाई नै थाहा छ कि छैन सरकारले सुनिरहेको छ कि छैन भनेर । सरकारले यो रोष्टमबाट उत्तर दिएपछि न हामीले थाहा पाउने हो । हामीले उठाएको कुरा सरकारलाई थाहा रहेछ भन्ने कुरा । सायद यो हलमा कुनै कठिनाइ भएर होला ।’
उहाँले यसअघि सभामुखको दायाँबायाँ सांसदहरूले राखेको नोट गर्ने व्यवस्था हुने गरेको स्मरण गराउनुभयाे ।
उहाँले भन्नुभयाे, पहिला सभामुखको दायाँबायाँसम्बन्धी मन्त्रालयका कर्मचारी हुन्थ्यो । अनि, त्यही टिपोटका आधारमा मन्त्रीहरुले जवाफ दिने चलन थियो । त्यो चलन हराएको छ । १९ वटा बैठक हुँदा पनि सरकारको ध्यान हामीले आर्कषण गर्न सकेनौं । अब आइन्दा एकजना मन्त्रीले आफ्नो मन्त्रालयमा उठेको विषयमा जवाफ दिने व्यवस्था मिलाउन रुलिङ गरियोस् ।’
प्रतिक्रिया