अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुम्वासीद्वारा गैरी गाउँमा महानगरविरुद्ध विरोध प्रर्दशन

सुकुम्वासीद्वारा गैरी गाउँमा महानगरविरुद्ध विरोध प्रर्दशन


काठमाडौं – गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीय विरोधमा उत्रिएका छन्। शुक्रबार काठमाडौं महानगरपालिकाले गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेपछि उनीहरु टायर बालेर विरोधमा उत्रिएका हुन्। 

उनीहरुले सडकमा नै टायर राखेर अवरोध सिर्जना गर्दै महानगरपालिकाविरुद्ध नाराबाजी गरेका थिए। महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीति अनुसार अघि बढेको छ। महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौंका बाटोमा रहेका पार्किङ खाली गराउँदै आएको थियो।