अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप ९९ जनामा कोरोना संक्रमण, ३७३ जना संक्रिय संक्रमित

थप ९९ जनामा कोरोना संक्रमण, ३७३ जना संक्रिय संक्रमित


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३५  नमूनामध्‍ये १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ४५८ जनाको एन्टीजेन परीक्षण गर्दा ५८ जना गरी ९९ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७३ जना पुगेको छ।

काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १७ जना छन्। यस्तै ४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै कोरोनाबाट २६ जना निको भएर घर फर्किएका छन् ।